दरम खोलाको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

हिमाल प्रेस ८ माघ २०७९ १३:०८ | Sunday, January 22, 2023
दरम खोलाको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौँ- दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।

यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। यससम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्।

कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँका दरले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता निष्कासन गर्नेछ।

दरम खोला हाइड्रो इनर्जीले बागलुङको गलकोट नगरपालिका वडा नं. ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। जसको हालसम्म ८० प्रतिशत भौतिक कार्य सकिएको छ।

प्रकाशित: ८ माघ २०७९ १३:०८ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast