दंगा रोक्न नसकेको आरोपमा ब्राजिलका ४० जना सुरक्षाकर्मी बर्खास्त

हिमाल प्रेस ५ माघ २०७९ ७:४१ | Thursday, January 19, 2023

काठमाडौँ- ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दंगा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ।

गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा उनीहरुलाई हटाइएको हो।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ सुरक्षाकर्मीलाई हटाएको बताउनुभएको सिड्नी मर्निङ हेराल्ड (एसएमएच)ले जनाएको छ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो समर्थकले सरकारी भवनमा छिरेर तोडफोड गरेका थिए। यो घटनाको अनुसन्धानले सुरक्षामा जानाजानी कमजोरी भएको देखाएको छ।

बोल्सोनारोका हजारौं समर्थकले गएको अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गरी संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रदर्शन गरेका थिए।

प्रकाशित: ५ माघ २०७९ ७:४१ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast