तिलगंगा आँखा अस्पाताल स्तरोन्‍नति गर्न प्रधानमन्त्री प्रतिबद्ध

हिमाल प्रेस ७ माघ २०७९ १९:५७ | Saturday, January 21, 2023
तिलगंगा आँखा अस्पाताल स्तरोन्‍नति गर्न प्रधानमन्त्री प्रतिबद्ध

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतबीच तिलगंगा आँखा अस्पताललाई स्तरोन्नति गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले तिलगंगालाई मानित विश्वविद्यालयका रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ,’ छलफलका क्रममा प्रचण्डले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’

मानवसेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उँचो राखेको प्रचण्डको भनाइ छ।

‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले भने।

भेटका क्रममा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि नेपालमै औषधी उत्पादन गर्न सकिने सम्भावना रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।

प्रकाशित: ७ माघ २०७९ १९:५७ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast