तस्बिरमा अक्षरारम्भ

दिपेश श्रेष्ठ १२ माघ २०७९ १२:३४ | Thursday, January 26, 2023
तस्बिरमा अक्षरारम्भ

काठमाडौँ- आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको आराधना गरी मनाइन्छ।

वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ। आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ।

आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लागेको छ। काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

हेर्नुहोस् स्वयम्भूस्थित मञ्जुश्री मन्दिरमा अक्षरारम्भका तस्बिरहरूः

प्रकाशित: १२ माघ २०७९ १२:३४ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast