डेम्बेलाको निर्णायक गोलले बार्सिलोना कोपा डेलको सेमिफाइनलमा

हिमाल प्रेस १२ माघ २०७९ ८:४७ | Thursday, January 26, 2023
डेम्बेलाको निर्णायक गोलले बार्सिलोना कोपा डेलको सेमिफाइनलमा

काठमाडौँ- फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलाको एक मात्र निर्णायक गोलको मदतले बार्सिलोना कोपा डेलको सेमिफाइनल पुगेको छ।

बुधबार रियल सोसिडाडमाथि जित दर्ता गर्दै बार्सिलोना सेमिफाइनल पुगेको हो। सोसिडाडका ब्राइस मेन्डेजले रातो कार्ड पाएसँगै १० खेलाडीमा खुम्चिएको कारण पनि राम्रो प्रदर्शन गर्न सकेन। खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले खराब ट्रयाकल गरेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो।

यो जितसँगै यस सिजन बार्सिलोनाको उत्कृष्ट लय कायम रह्यो।

सन् २०२३ को सुरुमै स्पेनी सुपरकप जितेको बार्सिलोनालाई स्पेनी ला लिगामा रियल म्याड्रिडमाथि शीर्ष स्थानमा तीन अंकको अग्रता छ।

अब कोपा डेल रेमा पनि बार्सिलोना अन्तिम चारमा पुगेको छ। यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ।​ ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारमा पुगेको हो।

प्रकाशित: १२ माघ २०७९ ८:४७ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast