डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड

हिमाल प्रेस ३ माघ २०७९ १९:०९ | Tuesday, January 17, 2023
डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड

काठमाडौँ– डा. सन्दुक रुइतले १० लाख अमेरिकी डलर (१३ करोड रुपैयाँ भन्दा बढी)को प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्। मंगलबार सन् २०२३ का लागि डा. रुइतलाई अवार्डको पाँचौं संस्करण दिने घोषणा गरिएको हो। अवार्ड फेब्रअरीमा दिइने छ।

यो अवार्ड बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको हो। अवार्ड प्रत्येक दुई वर्षमा विश्वभरका मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ।

डा. रुइतले अन्धोपन निवारणका लागि गरेको कार्यका लागि अवार्डका लागि छनोट गरिएको विज्ञप्तिमा जनाइएको छ।

डा. रुइतले मोतियाबिन्दुको उपचारमा सरल विधि र इन्ट्राअकुलर लेन्सको विकास गरेका छन्। जसले नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौँ व्यक्तिले ज्योति प्राप्त गरेका छन्।
अवार्डका लागि सुरुमा विश्वभरका १४५ जना व्यक्ति तथा संस्था नोमिनेसनमा परेका थिए। जसबाट पाँच व्यक्ति तथा संस्था अन्तिम छनोटमा परेका थिए।

प्रकाशित: ३ माघ २०७९ १९:०९ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast