डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

हिमाल प्रेस ३० पुष २०७९ १४:४१ | Saturday, January 14, 2023
डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

धनगढी- डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएका छन्। जिल्लाको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा पुरेको अवस्थामा शव भेटिएको हो।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन् गरेर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले बताए। उनका अनुसार घटनाको अनुसन्धानको लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती बोहरा र सौतेनी आमा ३० वर्षीय जानकी बोहरालाई नियन्त्रणमा लिइएको छ।

मृतक बालक बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन् गर्दा शव फेला परेको हो।

प्रकाशित: ३० पुष २०७९ १४:४१ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast