टुँडिखेलमा सोनाम ल्होछारको रमझम [तस्बिरहरू]

हिमाल प्रेस ८ माघ २०७९ १७:३० | Sunday, January 22, 2023
टुँडिखेलमा सोनाम ल्होछारको रमझम [तस्बिरहरू] फाइल तस्बिर

काठमाडौँ– तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन्। काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाइएको हो।

ल्होछारका अवसरमा काठमाडौँको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो। तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकीसमेत प्रदर्शन गरिएको छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ। ल्होछारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

तस्बिरहरू : रासस

प्रकाशित: ८ माघ २०७९ १७:३० | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast