‘टाइटन फिल्म फेस्टिभल’मा ऋचा उत्कृष्ट अभिनेत्री

हिमाल प्रेस ९ माघ २०७९ १२:४५ | Monday, January 23, 2023

काठमाडौँ- ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उनले अस्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन्।

सर्ट फिल्म ‘ब्लड मनी’का लागि उनले सो अवार्ड जितेकी हुन्। अस्ट्रेलियाको सिड्नीमा अवार्ड समारोह आयोजना भएको थियो।

सयभन्दा बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’का लागि ऋचाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन्। ऋचाले पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी हुन्।

फिल्ममा ऋचा खाडीमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य नेपालीको श्रीमतीको भूमिकामा छिन्।

अशोक तिमिल्सिनाको निर्देशनमा बनेको सर्ट फिल्ममा ऋचासँगै मिथिला शर्मा, पारस तिमिल्सिना, सौरभ पौडेललगायत कलाकार रहेका छन्। अशोकले उनको पतिको भूमिका निर्वाह गरेका छन्। फिल्ममा लेखन पनि अशोककै रहेको छ।

‘ब्लड मनी’ले ‘वल्र्ड फिल्म कार्निभल सिंगापुर’, ‘ह्वाइट पिलर इन्टरनेसनल फिल्म फेस्टिभल’ लगायत थुप्रै फिल्म महोत्सवमा सहभागी भई पुरस्कार जितेको छ।

प्रकाशित: ९ माघ २०७९ १२:४५ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast