झुठा विवरण देखाई नागरिकता बनाउने पक्राउ

हिमाल प्रेस १३ माघ २०७९ ७:२२ | Friday, January 27, 2023
झुठा विवरण देखाई नागरिकता बनाउने पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका –८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

झुठा विवरण पेसगरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमतिपत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट पक्राउ गरेको छ।

प्रकाशित: १३ माघ २०७९ ७:२२ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast