ज्ञानेन्द्र शाहीको प्रस्ताव : उपचार स्वदेशमै गरौँ, सांसदका छोराछोरीलाई सरकारी स्कुलमा पढाऔँ

हिमाल प्रेस १० माघ २०७९ १५:०६ | Tuesday, January 24, 2023
ज्ञानेन्द्र शाहीको प्रस्ताव : उपचार स्वदेशमै गरौँ, सांसदका छोराछोरीलाई सरकारी स्कुलमा पढाऔँ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले देशको शिक्षा र स्वास्थ्य सुधारको कामको सुरुवात सांसदहरूले नै गर्नुपर्ने बताएका छन्। आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सांसदसहितका नेताहरूले स्वदेशमै उपचार गर्ने र सांसदका छोराछोरी पनि सरकारी स्कुलमै पढाउने नीति लागू गर्न प्रस्ताव गरेका हुन्।

‘शिक्षाका कुरा गरिन्छ, माननीयहरूका ठूलठूला भाषण सुन्ने गरेको छु। नेपालको शिक्षा सुधार्ने हो धनी माननीयका छोराछोरीलाई सरकारको स्कुलमा पढाउने नीति लागू गरौँ,’ उनले भने, ‘उपचारको कुरा गरिन्छ, आज माननीयको विदेशमा उपचार होइन नेपालमा गरौँ। सांसदका छोराछोरीलाई सरकारी अस्पतालमा उपचार गर्ने कानु​न बनाऔँ। मुखले बोलेरमात्रै गरेर सुधार हुँदैन। सरकारी शिक्षा सुधार राजनीतिको कुरामात्र भएको छ। सरकारी स्कुलका शिक्षक राजनीतिबाहेक कुरा गर्दैनन्।’

उनले कर्णाली राजमार्गको सुधारका लागि सरकारको ध्यानाकर्षण पनि गराए। कर्णाली मृत्यु मार्ग भएकोतर्फ सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाए।

प्रकाशित: १० माघ २०७९ १५:०६ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast