जीडब्लूएमको योजनामा ५ लाख फाइदा

हिमाल प्रेस १५ माघ २०७९ १७:५४ | Sunday, January 29, 2023
जीडब्लूएमको योजनामा ५ लाख फाइदा

काठमाडौँ– ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले ‘बाइ ग्रेट, सेभ बिग’ योजना ल्याएको छ।

यो योजना देशभर ४५ दिनसम्म लागू हुने कम्पनीले जनाएको छ। यसअन्तर्गत जीडब्लूएम गाडी खरिदमा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको बिमा, एक्सचेन्ज बोनसलगायत सुविधा पाउनेछन्।

यस्तै ‘स्पट भ्यालुएसन’र निःशुल्क एक्सेसरिजलगायत ५ लाख रुपैयाँ बराबरका फाइदा पाउने कम्पनीले जनाएको छ। भीजी इम्पेक्सले नेपालमा हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विंगल-५ जस्ता मोडल बिक्री गर्दै आइरहेको छ।

चिनियाँ गाडी उत्पादक तथा वितरक जीडब्लूएमले बजार पछिल्लो समय विश्वभर फैलिएको छ। विश्व बजारमा यसका ७०० भन्दा धेरै आउटलेट छन्।

प्रकाशित: १५ माघ २०७९ १७:५४ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast