जापानका विदेशीमन्त्रीको परराष्ट्रमन्त्री पौड्याललाई बधाई

हिमाल प्रेस १२ माघ २०७९ ११:५६ | Thursday, January 26, 2023
जापानका विदेशीमन्त्रीको परराष्ट्रमन्त्री पौड्याललाई बधाई

काठमाडौँ- जापानका विदेशमन्त्री हायसी योसिमासाले परराष्ट्रमन्त्री नियुक्त भएकोमा विमला राई पौड्याललाई बधाई दिएका छन्।

विदेशमन्त्री योसिमासाले पठाएको बधाई पत्र नेपालका लागि जापानका राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री पौड्याललाई हस्तान्तरण गरेका हुन्।

सिंहदरबारमा पत्र हस्तान्तरण गर्दै राजदूत युताकाले जापान सरकार र दूतावासको तर्फबाट पौड्यालको सफल कार्यकालको शुभकामना दिए। उनले पौड्यालको नेतृत्वमा नेपाल-जापानबीचको द्विपक्षीय सम्बन्ध थप मजबुत हुने बताए।

भेटमा जापानको विकास सहायता, दुई देशको अर्थ-सामाजिक विकासलगायत विषयमा पनि छलफल भएको जापानी राजदूतावासले जनाएको छ।

प्रकाशित: १२ माघ २०७९ ११:५६ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast