जसपासँग पार्टी एकताको कुरा भइरहेको छ : जगन्नाथ खतिवडा

हिमाल प्रेस १८ पुष २०७९ १८:३८ | Monday, January 2, 2023
जसपासँग पार्टी एकताको कुरा भइरहेको छ : जगन्नाथ खतिवडा जगन्नाथ खतिवडा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (एस)पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी एकता गर्नेबारे छलफल भइरहेको बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकबारे पार्टी कार्यालयमा जानकारी दिनेक्रममा खतिवडाले यस्तो बताएका हुन्। उनले भने, ‘जसपासँग एकता भए आश्चर्य नमान्नुहोला। हामी छलफलमा छौँ।’

माधव नेपालको नेतृत्वको एकीकृत समाजवादी पार्टी अहिले सरकारमा गएको छैन भने उपेन्द्र यादव नेतृत्वको जसपाले पनि सरकारमा जाने निर्णय गरिसकेको छैन। नेकपा एस भने १० सिट प्रतिनिधिसभाको प्रत्यक्षमा जितेर पनि राष्ट्रिय पार्टी बनेको छैन। यता १२ सांसद रहेको जसपा भने राष्ट्रिय दल हो।

प्रकाशित: १८ पुष २०७९ १८:३८ | Monday, January 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast