छ सयले घट्यो सुनको मूल्य

हिमाल प्रेस ४ माघ २०७९ ११:२६ | Wednesday, January 18, 2023
छ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला छ सय रुपैयँले घटेको छ। मंगलबार प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार छ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: ४ माघ २०७९ ११:२६ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast