चुनाव प्रचारमा दलहरूको खर्च : सबैभन्दा बढी नेकपा एसको, बहुजन पार्टीको शून्य

हिमाल प्रेस १० माघ २०७९ १४:०४ | Tuesday, January 24, 2023
चुनाव प्रचारमा दलहरूको खर्च : सबैभन्दा बढी नेकपा एसको, बहुजन पार्टीको शून्य निर्वाचन आयोग

काठमाडौँ– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूले गरेको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। निर्वाचनमा सहभागी ४७ वटै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण आयोगलाई बुझाएका हुन्।

निर्वाचनमा सबैभन्दा धेरै खर्च विवरण नेकपा एकीकृत समाजवादी र राप्रपाले गरेको तथ्यांक छ। नेकपा एकीकृत समाजवादीले एक करोड ९० लाख ८९ हजार पाँचसय रुपैयाँ खर्च भएको जनाएको छ। त्यस्तै राप्रपाले एक करोड ८९ लाख खर्च भएको विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार पाँचसय ७८ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ। दोस्रो ठूलो दल बनेको एमालेले एक करोड ३३ लाख २६ हजार छसय ९३ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ।

निर्वाचनबाट तेस्रो ठूलो दल बनेर अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले एक करोड चार लाख तीन सय ४६ रुपैयाँ खर्चेको विवरण आयोगमा बुझाएको छ।

पहिलोपटक निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार दुईसय २५ रुपैयाँ खर्च गरेको जनाएको छ। त्यस्तै जसपाले ३५ लाख रुपैयाँ, जनमत पार्टीले तीन लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएको छ।

चुनावमा भाग लिएको बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसार गर्दा खर्च नै नभएको विवरण दिएको छ। यता नेपालका लागि नेपाली पार्टीले ५० हजार रुपैयाँमात्रै खर्च भएको जनाएको छ। तराई मधेश लोकतान्त्रिक पार्टीले भने ८५ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

कुन दलले कति खर्च गरे?

प्रकाशित: १० माघ २०७९ १४:०४ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast