चित्रबहादुरको चिन्ता- चेलीहरू खाडीमा बेचिएका छन्, सरकार के हेरेर बसेको छ?

हिमाल प्रेस ७ माघ २०७९ १६:४७ | Saturday, January 21, 2023
चित्रबहादुरको चिन्ता- चेलीहरू खाडीमा बेचिएका छन्, सरकार के हेरेर बसेको छ? फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपाली महिलाहरू खाडीका देशमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य भएकोमा चिन्ता प्रकट गरेका छन्। शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो उल्लेख गरेका हुन्।

‘म केही समय पहिला खाडी मुलुक जाँदा त्यहाँ नेपाली चेलीहरूको बिडम्बना देखेँ। अहिले पनि चेलीहरू त्यहाँ बेच्चिइरहेका छन्। यसरी चेलीहरूलाई त्यहाँ लैजाने दलालहरूलाई सरकारले कारबाही गर्न किन सक्दैन?,’ उनले प्रश्न गरे, ‘सरकार कहाँ छ? के हेरेर बसिरहेको छ?’

उनले महिलाहरूले नेपालमा उपसभामुखमात्रै पाएकाले दलहरूले सभामुखको उम्मेदवारमा महिलालाई उठाउन नसक्नुले पितृसत्तात्मक व्यवहारको प्रतिबिम्व गरेको उल्लेख गरे।

प्रकाशित: ७ माघ २०७९ १६:४७ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast