चितवनमा मृत भेटिए पाटेबाघ र गैँडा

हिमाल प्रेस २८ पुष २०७९ १५:३० | Thursday, January 12, 2023
चितवनमा मृत भेटिए पाटेबाघ र गैँडा

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ। अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए।

यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो। यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिंग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ।

अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिए। उनका अनुसार बाघको आक्रमणबाट गैँडा मरेको हो। गैँडाको खाग र खुर सुरक्षित छ। यससँगै चालु आवमा प्राकृतिक कारणबाट आठ गैँडा मरेका छन्।

प्रकाशित: २८ पुष २०७९ १५:३० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast