चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

हिमाल प्रेस ९ माघ २०७९ ७:०९ | Monday, January 23, 2023
चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको हो।

पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिने जनाएका छन्। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ।

महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ। माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ।

माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको छ।

प्रकाशित: ९ माघ २०७९ ७:०९ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast