घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

हिमाल प्रेस २८ पुष २०७९ १८:५३ | Thursday, January 12, 2023
घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौँ– नेकपा एमालेको कारबाहीमा परेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन्। मंसिर ४ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका थिए। उनी पराजित भए। माधव नेपाल एमालेमा हुँदा भुसाल नेपालनिकट थिए।

शुक्रबार काठमाडौँको अर्याल होटलमा कार्यक्रम गरी भुसाल पार्टी प्रवेश गरेका हुन्। पार्टी प्रवेशअघि शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि छलफलमा बोलाएका छन्। ‘म भोलि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्दैछु। त्यहाँ (नेकपा एस)मा रहेका नेताहरूसँग कार्यगत हिसाबले पनि विचार मिल्ने भएर म त्यहाँ प्रवेश गर्न लागेको हुँ’ भुसालले हिमालप्रेससँग भने।

प्रकाशित: २८ पुष २०७९ १८:५३ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast