घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

हिमाल प्रेस २९ पुष २०७९ ७:०१ | Friday, January 13, 2023
घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौँ- नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।

भुसाल शुक्रबार पार्टीमा प्रवेश गर्ने तय भएको छ। उनलाई प्रवेश गराउन समाजवादीले आज दिउँसो २ बजे स्वागत कार्यक्रम राखेको छ। उनी प्रतिनिधि सभाको निर्वाचनअघि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका थिए।

प्रतिनिधि सभाको निर्वाचनमा टिकट नपाएपछि उनले एमाले परित्याग गरेका थिए। त्यतिवेला उनी एमाले स्थायी समितिका सदस्य रहेका थिए। रुपन्देही १ बाट उम्मेदवार बनेका भुसाल एमालेका सचिव छबिलाल विश्वकर्मासँग पराजित भएका थिए। उनलाई महासचिव बनाउने तयारी छ।

प्रकाशित: २९ पुष २०७९ ७:०१ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast