ग्लोबल आइएमई बैंकको स्वस्थ नारी पहल

हिमाल प्रेस ४ माघ २०७९ ११:४४ | Wednesday, January 18, 2023
ग्लोबल आइएमई बैंकको स्वस्थ नारी पहल

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले देशव्यापी स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

महिला सशक्तीकरणको प्रयास स्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको अभियानमा बैंकले साताव्यापी निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

शिविरमा स्त्रीरोग विशेषज्ञद्वारा महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायत सेवा निःशुल्क दिइएको बैंकले जनाएको छ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित स्थानीय सरकारको समन्वयमा कार्यक्रम देशभर गरिएको थियो। यसमार्फत् ८०९ जना महिलाले स्वास्थ्य सेवा लिएका थिए।

प्रकाशित: ४ माघ २०७९ ११:४४ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast