गोल्डन ग्लोब जित्‍ने पहिलो भारतीय फिल्म बन्यो ‘आरआरआर’

हिमाल प्रेस २७ पुष २०७९ १२:२६ | Wednesday, January 11, 2023
गोल्डन ग्लोब जित्‍ने पहिलो भारतीय फिल्म बन्यो ‘आरआरआर’

काठमाडौँ- गोल्डन ग्लोब अवार्डमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले उत्कृष्ट मौलिक गीतको पुरस्कार जितेको छ।

राहुल सिपलिंगज र काला भैरवको स्वर रहेको ‘नाटु नाटु’ गीतमा एमएम किरावनीको संगीत रहेको छ।

‘उत्कृष्ट मौलिक गीत’ विधामा ‘नाटु नाटु’ सँग टेलर स्विफ्टको ‘क्यारोलिना’, लेडी गागाको ‘होल्ड माई ह्यान्ड’ र रिहानाको ‘लिफ्ट मी अप’ गीत मनोनयमा परेका थिए।

योसँगै ‘आरआरआर’ गोल्डन ग्लोब जित्ने पहिलो भारतीय फिल्म बनेको छ। उत्कृष्ट गैर अंग्रेजी भाषाको फिल्म विधामा ‘आरआरआर’ मनोनयनमा परेको थियो।

सन् २०२२ मा प्रदर्शनमा आएको ‘आरआरआर’मा रामचरण, जुनियर एनटीआर, आलिया भट्ट, अजय देवगनलगायत कलाकारको अभिनय रहेको छ।

तेलुगुमा बनेको फिल्म कन्नड, हिन्दी, मलयालम भाषामा पनि सार्वजनिक भएको थियो। सन् २०२२ मा व्यवसायिक रूपमा सबैभन्दा सफल फिल्म हो ‘आरआरआर’।

गोल्डन ग्लोबको यो ८० औँ संस्करण थियो। लस एन्जलस, बेभर्ली हिल्समा अवार्ड समारोह आयोजना भएको थियो।

प्रकाशित: २७ पुष २०७९ १२:२६ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast