गृह मन्त्रालय रास्वपाले नै पाउँछ : प्रवक्ता ढकाल

हिमाल प्रेस १५ माघ २०७९ १८:३७ | Sunday, January 29, 2023
गृह मन्त्रालय रास्वपाले नै पाउँछ : प्रवक्ता ढकाल फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवम् गृहमन्त्री पद पुन: सोही पार्टीले पाउनुपर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार नेपाली नागरिकताको प्रमाण पत्र लिएपछि बसेको पार्टी केन्द्रीय समिति बैठकमा छलफल गर्दै नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन्।

‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको अवस्थामा हाम्रो पार्टीमा केही समस्या आयो त्यसलाई हामीले समाधान गरिसकेका छौं। यो हाम्रो पार्टीभित्रको समस्या भएकाले अन्य सहयात्री दलसँग केही समस्या नभएका कारण हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउँछौं,’ प्रवक्ता डा. मुकुल ढकालले बताए।

पार्टी कार्यालय वसुन्धरामा बसेको बैठकले रवि लामिछानेलाई पार्टीमा पुनः स्वागत गर्दै केन्द्रीय सदस्यमा मनोनयन र सभापति चयन गर्ने प्रक्रिया पुरा गरिएको पनि प्रवक्ता ढकालले जानकारी दिए।

बैठकले प्रदेशस्तरीय विस्तारित समिति बैठक माघ २१ बाट सुरु गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १५ माघ २०७९ १८:३७ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast