गृहमन्त्री लामिछाने र सहरी विकासमन्त्री पाण्डेका कारण मुलुक संकटमा : चित्रबहादुर केसी

हिमाल प्रेस ५ माघ २०७९ १४:५० | Thursday, January 19, 2023
गृहमन्त्री लामिछाने र सहरी विकासमन्त्री पाण्डेका कारण मुलुक संकटमा : चित्रबहादुर केसी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले सरकार र सत्तारुढ दलका गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने अवस्था आएको बताएका हुन्।

उनले भने, ‘सरकार बन्नुभन्दा पहिले ठूलाठूला कुरा गरेका साथीहरू सरकार बनेपछिको कसकसको कस्तोकस्तो रेकर्ड आएको छ। हेर्नुस्त, गृहमन्त्रीको के छ रेकर्ड? सहरी विकासमन्त्रीको के छ रेकर्ड? विभिन्न मन्त्रीहरुको हेर्नुस्त रेकर्ड के–के छन? कसरी आइराखेको छ? त्यसो हुनाले अहिले मुलुक एउटा अप्ठ्यारो संकटमा छ।’

नेता केसीले लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने अवस्था आएकाले शक्ति केन्द्रहरुले मुलुकमा खेल्न सक्ने अवस्था रहेको बताए। उनले भने, ‘आज हामीले सभामुखको निर्वाचन गर्दैछौँ। यस भन्दा अघि सभामुखको निर्वाचन गरेको अनुभव पनि हामीसँग छ। यसपटक पहिलेपहिले भन्दा संसदको तस्बिर असाध्यै डरलाग्दो देखिएको छ।’

संसद्‌मा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्नेमा त्यस्तो नभएकाले अवस्था डरलाग्दो रहेको उनको भनाइ छ। उनले भने, ‘लोकतन्त्र छ र गणतन्त्र धरापमा परेको देखिएको छ। यसलाई बचाउन अत्यन्तै गाह्रो छ। यो मौका छोपेर शक्ति केन्द्रहरुले आफूले चाहेको खेलचाहिँ नेपालमा खेल्नेछन् भोलि।’

प्रकाशित: ५ माघ २०७९ १४:५० | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast