गृहमन्त्रीको नागरिकता विवादमा आज पनि सुनुवाइ

हिमाल प्रेस १३ माघ २०७९ ८:०६ | Friday, January 27, 2023
गृहमन्त्रीको नागरिकता विवादमा आज पनि सुनुवाइ फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उक्त विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाइ गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ।

यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

आज गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरूले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकले जवाफी बहस गर्न पालो पाउनेछन्। आज नै बहस सकिने भएकाले आजै अदालतले संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ । त्यसो नभए सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्न पनि पाँउछ।

प्रकाशित: १३ माघ २०७९ ८:०६ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast