गगन थापाको दाबी- नेपाल तीनजना पूर्वप्रधानमन्त्रीको अखडा बन्यो

हिमाल प्रेस ३० पुष २०७९ १७:५९ | Saturday, January 14, 2023
गगन थापाको दाबी- नेपाल तीनजना पूर्वप्रधानमन्त्रीको अखडा बन्यो फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल तीन जना पूर्वप्रधानमन्त्रीहरूको अखडा बनेको दाबी गरेका छन्। शनिबार संघीय संसद् भवनमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।

‘कुन पूर्वप्रधानमन्त्रीले कुनलाई झुक्काउने? आइतबार फलानोले झुक्याएको थियो, सोमबार अर्कोलाई झुक्याउने खेलमा नेपालको राजनीति लागेको छ। नेपाली राजनीति ३ जना पूर्वप्रधानमन्त्रीको अखडा भएको छ,’ उनले भने।

उनले गत मंसिरको निर्वाचनले दिएको जनमतअनुसार दलहरू चल्न नसकेको बताउँदै एउटा पूर्वप्रधानमन्त्रीले अर्कोलाई झुक्याउने खेलमा सरकार बनेको जिकिर गरे।

‘मंसिर ४ को निर्वाचनले दिएको जनमतअनुसार दलहरू चलेका छैनन्। चुनावदेखि यहाँसम्म आइपुग्दा कुन पूर्वप्रधानमन्त्रीले कुनलाई फल हान्योभन्दा बाहेक केही सुन्न पाइएको छैन,’ उनले भने।

प्रकाशित: ३० पुष २०७९ १७:५९ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast