गंगालाल अस्पताललाई प्रतिष्ठान बनाइयोस् : प्रदीप पौडेल

हिमाल प्रेस १५ माघ २०७९ १२:२२ | Sunday, January 29, 2023
गंगालाल अस्पताललाई प्रतिष्ठान बनाइयोस् : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ निर्वाचन क्षेत्र ५ का सांसद प्रदीप पौडेलले सहिद गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठान बनाउन सरकारसँग माग गरेका छन्।

केन्द्रको २७ औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै नेता पौडेलले भने, ‘गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यकता हो। यो कार्यक्रम चाँडो अघि बढाइयोस्।’

यस्तै उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाई दक्षिण एसियाको उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न जरुरी रहेको बताए। पौडेलले भने, ‘अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाई दक्षिण एसियाको उत्कृष्ट अस्पतालका रूपमा विकास गर्न जरुरी छ।’

सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए। यस्तै उनले अब पनि औपचारिकतामा मात्रै सीमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे। पौडेलले राज्यको दायित्व नागरिकता दिनु मात्रै नरहेर हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्ने पनि रहेको भनाइ राखे।

प्रकाशित: १५ माघ २०७९ १२:२२ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast