क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

हिमाल प्रेस २८ पुष २०७९ १९:१४ | Thursday, January 12, 2023
क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा फाइल तस्बिर

काठमाडौँ- जबरजस्ती करणीको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार न्यायधीशद्वय ध्रुवराज भट्टराई र रमेश ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले  उनलाई शर्तसहित धरौटीमा रिहा गर्न ‍आदेश दिएको हिमालप्रेसलाई जानकारी दिए। रिहा भए पनि अदालतको अन्तिम फैसला नआउँदासम्म सन्दीप विदेश जान नपाउने उनले जानकारी दिए।

गत भदौ ६ गते जबरजस्तीकरणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो।

कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए। उनी २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा हुनेछन्।

प्रकाशित: २८ पुष २०७९ १९:१४ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast