क्यान्सर रोग रोकथाममा सबै पक्षको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति पुन

हिमाल प्रेस ३० पुष २०७९ ११:५४ | Saturday, January 14, 2023
क्यान्सर रोग रोकथाममा सबै पक्षको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति पुन

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रबार आयोजित ३२औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर विरामीलाई स्वदेशमै उपचार गराउन अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिएका छन्।

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई निशुल्क र समान पहुँचको ग्यारेन्टी गरेपनि उपचारको अभावमा गरिव जनताले विभन्न रोगबाट मृत्यु वरण गर्नुपरेकोमा दुःख व्यक्त गरे। उनले कार्यक्रममा बोल्दै अहिले विश्वमा मानिसले नयाँ नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरुबाट नेपाल पनि अछुतो नरहेको बताए।

उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण सस्थाले अन्तर्राष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताए। संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानि हुन नसकेको गुनासो गरे।

अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसग सहकार्य र समन्वय गरी अघि बढ्ने तयार रहेको बताए।

प्रकाशित: ३० पुष २०७९ ११:५४ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast