 
                             
                                            काठमाडौँ– कोटेश्वरको महादेवस्थान क्षेत्रमा मेलम्ची आयोजनाको खानेपानी नआएपछि स्थानीय घरधनीहरूले ज्ञापन पत्र बुझाएका छन्। कार्यालयलाई आफूहरूको समस्या बारम्बार जानकारी गराउँदासमेत समस्या समाधान नगरेपछि महादेवस्थान त्यहाँका घरधनीहरूले सोमबार ज्ञापन पत्र बुझाएका हुन्।
मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत कोटेश्वर महादेवस्थानक्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर-घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएको स्थानीय गोविन्दराज पन्तले बताए।
पानी नपुगेको घरहरूमा ४ दिनभित्र पानी पुर्याउने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए। निवर्तमान खानेपानीमन्त्री उमाशंकर चौधरीसहितको टोलीले ०७९ मंसिर २० गते मेलम्ची आयोजनाको खानेपानी काठमाडौँका विभिन्न ठाउँमा पठाएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 