कानुनमन्त्री प्रधानले गरे पदभार ग्रहण

हिमाल प्रेस ३ माघ २०७९ १६:३० | Tuesday, January 17, 2023
कानुनमन्त्री प्रधानले गरे पदभार ग्रहण

काठमाडौँ– नवनियुक्त कानुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गरेका छन्। शितल निवासमा शपथ ग्रहणपछि सिंहदरबार पुगेर प्रधानले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै कानुनमन्त्री प्रधानले आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरूलाई पत्र पठाउने निर्णय गरेका छन्। राप्रपाबाट नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रधान पहिलो पटकमन्त्री बनेका हुन्। उनी कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेर सांसद निर्वाचित भएका थिए।

प्रकाशित: ३ माघ २०७९ १६:३० | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast