काठमाडौँ महानगरले खुलायो १४५ जना शिक्षकको दरबन्दी

हिमाल प्रेस ४ माघ २०७९ १९:२० | Wednesday, January 18, 2023
काठमाडौँ महानगरले खुलायो १४५ जना शिक्षकको दरबन्दी

काठमाडौँ- सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न काठमाडौँ महानगरले १४५ जना शिक्षकका लागि आवेदन खुलाएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सुचना जारी गर्दै २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीका लागि आवेदन खुलाएको हो।

महानगरपालिकाले शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरुमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गर्ने निर्णय भएअनुसार आवेदन दिन सूचित गरेको छ।

महानगरको शिक्षा विभागले गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच/पाँच जनाका लागि आवेदन खुलाएको छ। यस्तै शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०/६० जनाका लागि आवेदन खुलाएको छ।

महानगरले शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिलाई ३७ हजार ५०० प्रतिमहिना पारिश्रमिक दनेगरी सात दिनभित्र आवेदन दिन सूचित गरेको छ।

यस्तै महानगरले शिक्षण सहयोगिका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिलाई १५ हजार पारिश्रमिक दिनेगरी आवेदन खुलाएको छ।

प्रकाशित: ४ माघ २०७९ १९:२० | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast