कांग्रेस प्रतिपक्षमै रहन्छ : प्रदीप पौडेल

हिमाल प्रेस २६ पुष २०७९ १८:०५ | Tuesday, January 10, 2023
कांग्रेस प्रतिपक्षमै रहन्छ : प्रदीप पौडेल

कांठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले सरकारमा च्याँखे थाप्ने काम नगर्ने बताएका छन्। उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले विश्वासको मत दिएको जानकारी दिए।

‘नेपाली कांग्रेस प्रतिपक्षमा नै छ। नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ। मैले व्यक्तिगत रुपमा प्रतिपक्षमा बसेको दलले विश्वासको मत नदिने भनेको थिएँ,’ उनले भने, ‘दिन मिल्दैन पनि किनभने प्रतिपक्षले सरकारको आलोचना अथवा गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने हो भनेर असहमति राखेको थिएँ। तर पार्टीले निर्णय गरेपछि हामीले निर्णय मान्यौँ। नेपाली कांग्रेस पार्टी निरन्तर रुपमा प्रतिपक्षमा नै रहन्छ। सत्तामा काँग्रेस गर्ने सम्भावना छैन।’

प्रकाशित: २६ पुष २०७९ १८:०५ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast