कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस ९ माघ २०७९ ९:०७ | Monday, January 23, 2023
कांग्रेस पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक अहिले केही छिनमा बस्दैछ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्दम्बेले जानकारी दिए। ​​

कांग्रेसले केन्द्रीय समिति बैठक १५ गते बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयले कांग्रेसमा असन्तुष्टि बढाएको छ।

आइतबार मात्रै कांग्रेसको डाक्टर शेखर कोइराला समूहको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ। बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ।

प्रकाशित: ९ माघ २०७९ ९:०७ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast