कांग्रेससँग नैतिकता भए सत्तापक्षकै बेन्चमा बस्नुपर्छ : भीम रावल

हिमाल प्रेस २६ पुष २०७९ १९:४२ | Tuesday, January 10, 2023
कांग्रेससँग नैतिकता भए सत्तापक्षकै बेन्चमा बस्नुपर्छ : भीम रावल फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको मान्यतामाथि प्रहार गरेको आरोप लगाएका छन्। मंगलबार कांग्रेसले प्रतिपक्षमै बस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि नेता रावलले यस्तो आरोप लगाएका हुन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली कांग्रेसले प्रतिनिधिसभामा एकातर्फ प्रधानमन्त्रीकाे पक्षमा मतदान गर्ने र अर्काेतर्फ विपक्षमा बस्ने निर्णय गरेर संविधानकाे मर्म र लाेकतान्त्रिक मान्यतामाथि प्रहार गरेकाे छ।’

उनले कांग्रेसले द्वैध चरित्र देखाएको पनि आरोप लगाएका छन्। रावलले कांग्रेससँग राजनीतिक नैतिकता भए सत्तापक्षकै बेन्चमा बस्न पनि आग्रह गरे।

‘नेपाली कांग्रेससँग अलिकति पनि राजनीतिक नैतिकता र प्रजातन्त्रिक संस्कार छ भने उसले सत्तापक्षको स्थानमा बस्नुपर्छ र संविधानको धारा २८४ मा रहेको संवैधानिक परिषद्‌को सदस्यमा प्रतिनिधिसभामा रहेका प्रधानमन्त्रीलाई मन नदिने वास्तविक प्रतिपक्षका लागि खाली गर्नुपर्छ’ उनले भने।

 

प्रकाशित: २६ पुष २०७९ १९:४२ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast