प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कांग्रेस निर्णय

हिमाल प्रेस २६ पुष २०७९ १२:५४ | Tuesday, January 10, 2023
प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार कार्यसम्पादन समितिको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी सहमहामन्त्री महेन्द्र यादवले दिए।

उनले भने, ‘सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको छ।’  प्रधानमन्त्री प्रचण्डले केहीबेरपछि बस्ने संसद बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

अबको केहीबेरमा संसदीय दलको बैठक बस्दैछ। बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने एक नेताले बताए।

प्रकाशित: २६ पुष २०७९ १२:५४ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast