कांग्रेसले सरकारलाई विश्वासको मत दिन हुन्न : नेता महर

हिमाल प्रेस २६ पुष २०७९ १२:०३ | Tuesday, January 10, 2023
कांग्रेसले सरकारलाई विश्वासको मत दिन हुन्न : नेता महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारलाई कांग्रेसले विश्वास मत दिने निर्णय गरेर महाभूल हुने बताएका छन्। उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नहुने बताएका हुन्।

‘निर्वाचनअगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भूल हुन्छ भनेको थिएँ,’ महरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज फेरि भन्छु। सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभूल हुनेछ।’

उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन्।
बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ ।

प्रकाशित: २६ पुष २०७९ १२:०३ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast