काठमाडौँ- नेपाली कांग्रेसले संसद्मा प्रतिपक्षी दलको मान्यता र सुविधा माग गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेृतत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले संसद् सचिवालयलाई निवेदन लेखी यस्तो माग गरेको हो।
संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार कांग्रेसले प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवासुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको छ। निवेदनमा कांग्रेसले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेको छ।
सरकारलाई समर्थन गरेको दल भएकाले कांग्रेस सत्ता पक्ष या विपक्षी भन्ने अन्योलमा छ।
प्रकाशित: ८ माघ २०७९ १३:०१ | Sunday, January 22, 2023
प्रतिक्रिया



