काठमाडौँ– नेकपा एमालेका सचिव रघुवीर महासेठले नेपाली कांग्रेसले संसदमा प्रतिपक्षी दलको हैसियत गुमाएको बताएका छन्। शनिबार रिपोटर्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेसले प्रतिपक्षी दलको हैसियत गुमाएको जिकिर गरे। एमाले र माओवादीको प्रयासले देशलाई कांग्रेसको चंगुलबाट बाहिर निकालेको उनले दाबी गरे।
वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरी कुनै काम नगर्ने उनले बताए। फरक प्रसंगमा उनले आफू १०/१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे।
प्रकाशित: ३० पुष २०७९ १५:०५ | Saturday, January 14, 2023
प्रतिक्रिया



