काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार पुस २५ बाट सुरु हुने प्रतिनिधिसभाको अधिवेशनलाई मध्यनजर गर्दै बैठक बोलाइएको हो।
यस्तै पुस २२ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। अब पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ।
प्रकाशित: २० पुष २०७९ १२:५२ | Wednesday, January 4, 2023
प्रतिक्रिया




