कांग्रेसकी मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०७९ १५:४९ | Friday, January 20, 2023
कांग्रेसकी मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

काठमाडौँ- उपसभामुख पदमा नेपाली कांग्रेसकी समानुपातिक सांसद मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ। सत्तागठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता भएको छ। यादवले भने विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन्।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद बद्री पाण्डे, समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला छन्।

कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको हो। उनी कांग्रेसको १४औं महाअधिवेशनमा सबैभन्दा धेरै मत ल्याउने केन्द्रीय सदस्य पनि हुन्।

२०७४ मा उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन्। उनी दोस्रो संविधान सभामा पनि सभासद थिइन्। शनिबार उपसभामुखको निर्वाचन हुँदैछ।

स्वतन्त्र पार्टीकी मगरले गरिन् उपसभामुख पदमा उम्मेदवारी दर्ता

 

प्रकाशित: ६ माघ २०७९ १५:४९ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast