कर्णाली प्रदेश सभामुखको निर्वाचन आइतबार

दुई जनाले दिए उम्मेदवारी

हिमाल प्रेस ३० पुष २०७९ २०:४८ | Saturday, January 14, 2023
कर्णाली प्रदेश सभामुखको निर्वाचन आइतबार

सुर्खेत– कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ। सत्तारूढ दलका साझा उम्मेदवार नेकपा एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ।

यस्तै नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता एवम् मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उम्मेदवारी दर्ता भएको हो।

यस्तै कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। सभामुखको निर्वाचन माघ १ गते बिहान ११ बजे तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

उक्त निर्वाचनमा भाग लिनका लागि एमालेका उम्मेदवार गुरुङको पक्षमा २५ जना प्रदेशसभा सदस्य छन्। माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादीको १-१ मत रहेको छ।

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ भने १ स्वतन्त्र प्रदेशसभा सदस्यको मत छ। पोखरेल सुर्खेत १ (क)बाट प्रत्यक्ष र गुरुङ समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन्।

प्रकाशित: ३० पुष २०७९ २०:४८ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast