कर्णाली प्रदेशमा नवनिर्वाचित सभामुख गुरुङले लिइन् शपथ

हिमाल प्रेस १ माघ २०७९ १८:१४ | Sunday, January 15, 2023
कर्णाली प्रदेशमा नवनिर्वाचित सभामुख गुरुङले लिइन् शपथ

सुर्खेत– कर्णाली प्रदेशको नवनिर्वाचित सभामुख नन्दा गुरुङले शपथ ग्रहण लगेकी छन्। आइतबार (आज) प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

प्रदेशसभा सचिवालयले सभामुख निर्वाचनका लागि जारी गरेको कार्यातालिकाअनुसार निर्वाचन गराएको थियो। उक्त निर्वाचनमा जम्मा ४० सांसद रहेका प्रदेशमा ३८ सांसदले मतदानमा भाग लिएका थिए।

त्यसमा जम्मा खसेको ३८ मत मा एमालेकी नन्दा गुरूङको पक्षमा २४ मत खसेको थियो । भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्गबहादुर पोखरेलको पक्षमा १४ मत मात्रै प्राप्त भएको थियो।

सत्तारुढ दलबाट उम्मेदवारी बनेकी एमालेकी गुरूङलाई नेकपा माओवादी केन्द्रका १३, नेपका एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी १ सांसदले मतदान गरेका थिए। यस्तै, कांग्रेसका पोखरेलको पक्षमा नेपाली कांग्रेसका १३ सांसद र नेकपा एकीकृत समाजवादीका एक सांसदले मतदान गरेका थिए। उनी सत्तारुढ गठबन्धन एमालेबाट सभामुख बनेकी हुन्।

प्रकाशित: १ माघ २०७९ १८:१४ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast