कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्न एमाले र माओवादीको सहमति

हिमाल प्रेस २७ पुष २०७९ १६:५१ | Wednesday, January 11, 2023
कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्न एमाले र माओवादीको सहमति

सुर्खेत- कर्णालीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। यसअघि केन्द्रमा शीर्ष नेताहरूले माओवादीले नै पाँच वर्षे कार्यकाल एकल सरकार चलाउने सहमति गरे पनि प्रदेशमा त्यसलाई मान्न नसकिने भनेर नेताहरूले विद्रोहको चेतावनी दिएका थिए।

पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर केन्द्रीय स्तरका नेताबीच सहमति भए पनि उक्त सहमति आज उल्टिएको हो।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्।

अन्ततः झण्डै सात वर्षपछि नेता कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने सम्भावना देखिएको छ। यो सहमतिसँगै दुवै दलका नेताहरू प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा लागेका छन्। आजको केही समयभित्रै प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्नेछन्।

प्रकाशित: २७ पुष २०७९ १६:५१ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast