कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

हिमाल प्रेस २८ पुष २०७९ १७:४९ | Thursday, January 12, 2023
कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित २ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख तिलक परियारबाट उनीहरूले पद तथा गोपनियताको शपथ लिएका हुन्।

बिहीबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। साथै मुख्यमन्त्री शर्मालाई माओवादीका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादी १/१ गरी जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

यस्तै एमाले र माओवादी केन्द्रले एक/एक जना सांसदलाई सरकारमा पठाएका छन्। उनीहरूलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

जसमा नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन्। माओवादी केन्द्रका शाही मुगुबाट निर्वाचित हुन्।

यस्तै शाह दैलेख २ (ख) बाट निर्वाचित हुन्। शाह र शाहीलाई मुख्यमन्त्री राजकुमारले मन्त्रीमा नियुक्त गरेका हुन्। उनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रकाशित: २८ पुष २०७९ १७:४९ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast