कतारले थप एक वर्ष ‘हाया कार्ड’लाई वैधता दिने

हिमाल प्रेस १७ माघ २०७९ १५:३८ | Tuesday, January 31, 2023
कतारले थप एक वर्ष ‘हाया कार्ड’लाई वैधता दिने

काठमाडौँ- विश्वकप फुटबलका बेला विदेशी नागरिकहरूलाई कतार प्रवेशका लागि प्रदान गरिएको ‘हाया कार्ड’ वैधताको समयावधि लम्ब्याइएको छ। कतारको आन्तरिक मामिला मन्त्रालयले २०८० माघ १० (सन् २०२४ जनवरी २४) सम्मका लागि हाया कार्डलाई वैधता दिने भएको हो।

कतार प्रवेशका लागि अन्य देशका नागरिकले होटेल र बस्ने व्यवस्थासम्बन्धी आधिकारिक जानकारी प्रदान गर्नुपर्छ। साथै परिवारका सदस्य वा साथीको अनुमतिबारे पनि त्यहाँको सरकारलाई जानकारी दिनुपर्छ। कतार बसुन्जेलसम्म जीवन बिमा, फर्कने टिकटलगायत हुनुपर्छ।

हाया कार्डधारीहरूले परिवारका बढीमा तीन जना सदस्यहरूलाई कतार घुम्न बोलाउन पाउनेछन्। साथै हाया कार्डको वैधता अवधिसम्म जतिपटक पनि कतार जाँदा र फर्कँदा शुल्क नलाग्ने सो मन्त्रालयले जनाएको छ।

यही हाया कार्डको प्रयोग गरेर समुद्री पोर्टमार्फत पनि आवतजावत गर्न सकिनेछ।

प्रकाशित: १७ माघ २०७९ १५:३८ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast