ओलीलाई इंगित गर्दै निधिले भने : पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिले जनता झस्केका छन्

हिमाल प्रेस ५ माघ २०७९ १२:४५ | Thursday, January 19, 2023
ओलीलाई इंगित गर्दै निधिले भने : पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिले जनता झस्केका छन्

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विमेलेन्द्र निधिले प्रतिनिधिसभा विघटन ‘प्रतिगमन’ नै भएको बताएका छन्।

उनले प्रतिनिधिसभालाई पूर्णकाल चलाउन आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका थिए।

गएको प्रतिनिधिसभा बैठकमा संसद् विघटन प्रतिगमन नभएको बताएका थिए। सोही अभिव्यत्तिलाई इंगित गर्दै निधिले प्रधानमन्त्रीलाई मत दिएकाले सभामुखमा मत अपेक्षा गरेको बताए।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा बोल्दै आफूले उठाएको सभामुखको उम्मेदवारलाई प्रधानमन्त्री समेतले मत दिनुपर्ने बताए। उनले कांग्रेसले उठाएको उम्मेदवार समावेशी र निष्पक्ष रहेको सुनाए।

प्रकाशित: ५ माघ २०७९ १२:४५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast