ओम समाज हस्पिटलमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस २१ पुष २०७९ १२:०४ | Thursday, January 5, 2023
ओम समाज हस्पिटलमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गरेको छ। सम्झौतापत्रमा अस्पतालका अध्यक्ष डा.सुभाष घिमिरे र बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभाग प्रमुख वसन्त बक्सीले हस्ताक्षर गरेका छन्।

दुई संस्थाबीच भएको सहकार्यअनुसार चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलमा महालक्ष्मी विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्।

छुट पाउनको लागि ग्राहकले डेबिट तथा क्रेडिट कार्ड वा महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ।

बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलको ओपीडी सेवा निःशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी एण्ड डेन्टल इम्प्लान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

 

प्रकाशित: २१ पुष २०७९ १२:०४ | Thursday, January 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast