ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै

हिमाल प्रेस १० माघ २०७९ ८:३२ | Tuesday, January 24, 2023
ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै

दाङ- तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर संकलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्यांकन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो।

नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ। उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ। कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए।

प्रकाशित: १० माघ २०७९ ८:३२ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast